खबर

पुनर्नियुक्ति भएका ४ मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्ति गरेका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन्।

नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो।

बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button