खेलकुद

गोलरक्षक किरण धनगढीमा आबद्ध

वैशाख २, २०७८

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् ।

ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको छ । धनगढीले राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहेका युगलकिशोर राईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राई एएफसी ए लाइसेन्स प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा हालै झापा फुटबल क्लबलाई प्रशिक्षण दिएका थिए ।

सफल व्यासायिक खेलाडी किरणले राउन्डग्लास पञ्जाब एफसीबाट आई लिग खेलेका थिए । आई लिगको आफ्नो अन्तिम खेल अघि स्वदेश फर्केका किरणको नेतृत्वमा नेपालले चैत १६ गते थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबल सिजनको उपाधि जितेको थियो । त्यसलगत्तै उनी एएफसी प्ले अफर दी विक चुनिएका थिए ।

पछिल्लो पाँच वर्षदेखि विदेशी लिगमा व्यस्त किरण घरेलु फुटबलमा फर्केका छन् । दशरथ रंगशालमा लामो समयपछि उनले व्यवसायिक फुटबल खेल्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button