खबर

इन्डोनेसियाको पनडुब्बी समुद्रमा ६२ जना बेपत्ता

९ बैशाख २०७८
newsofnepal
बाली, इन्डोनेसिया, एजेन्सी ।

नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।

बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराईमा डुबेको अनुमान गरिएको छ ।रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ ।अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपार्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताउनुभयो ।जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।नौसेनाका प्रवक्ता जुलियस विजोजोनोले तेल चुहिएको क्षेत्रलाई केन्द्रित गरी खोजी कार्य तिब्र बनाइएको जानकारी दिनु भएको छ, तर कुन ठाउँमा डुबेको हो भन्ने ठ्याक्कै खुट्याउन नसकिएको बताउनुभयो ।

सेनाले पनडुब्बीको खोजीका लागि छ वटा युद्धपोत र हेलिकप्टर पठाइ सकेको छ ।संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, फ्रान्स र जर्मनी समेतका अन्य मुलुकले पनि सहयोगका लागि प्रस्ताव गरेका छन् । अस्ट्रेलियाका विदेशमन्त्री मारिज पेनले यो घटना इन्डोनेसियाली जलसेनाका लागि निकै दुःखद स्थिति रहेको बताउनुभयो ।छिमेकी मुलुकहरु सिंगापुर र मलेसियाले पनडुब्बीको खोजी कार्यका लागि जहाजहरु त्यसतर्फ पठाइसकेका छन् । इन्डोनेसियाली सेनाले युद्धपोतमा बढी तौल भए नभएको बारेमा भने कुनै प्रतिक्रिया दिएको छैन ।बुधबार सेनाले पनडुब्बी निकै गहिराईमा डुबेको आशंका जनाएको थियो ।करिब एक हजार ३०० टनको केआरआई नाग्गाला ४०२ पनडुब्बी सन् १९८१ मा निर्माण भएको हो । इन्डोनेसियाले पछिल्ला वर्षहरुमा आफ्ना युद्धपोतलाई अद्यावधिक र आधुनिक बनाउने प्रक्रिया थालेको छ । इन्डोनेसियासँग हाल जर्मन र दक्षिण कोरियामा निर्मित पाँच वटा पनडुब्बी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button