१६ बैशाख २०७८
चौतारी पोष्ट अनलाइन, ललितपुर ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप ३५ जनाको ज्यान गएको छ । यो संख्यासँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज मात्रै ४ हजार ९२८ जना कोराना संक्रमित थपिएका छन् । १२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८३१ र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ गरी कुल ४ हजार ९२८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख १७ हजार ५३० पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ सय ८८ जना सङ्क्रमण मुक्त भएका छन् ।



