
कोरोनाबारे वामफ्रन्ट-द्वारा मानिसहरूलाई जागरूक
अप्रील 30, 2021
सिलगढी : देशका विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि कोरोनाको दोस्रो लहरले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन्। यस्तो परिस्थितिमा मानिसहरूलाई कोरोना भाइरसबारे सचेतन गराउने उद्देश्य लिएर धेरैजना अघि आएको छ। यसै क्रममा आज दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट सिलगढी सहरमा कोरोनाबारे सचेतनता अभियान चलाइयो।
यस अवसरमा निवर्तमान विधायक अशोक भट्टाचार्य लगायत पार्टीका अन्य कार्यकर्ताहरूले घाटीमा प्ला कार्ड झुन्ड्याएर सिलगढी सहरवासीहरूलाई कोरोनाबारे जागरूक गराउँदै पर्चाहरू पनि बाँडे। देशमा कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई लिएर तिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोषी ठहराउँदै केन्द्रको उदासीनताको कारण नै देशमा कोरोनाले भयावह रूप धारण गरेको बताए।
आज तक-का एङ्कर रोहित सरदानाको निधन

अप्रील 30, 2021
आज तक-को चर्चित न्युज एङ्कर रोहित सरदानाको आज बिहान हार्ट अट्याकको कारण निधन भयो। प्राप्त जानकारीअनुसार तिनी कोरोना संक्रमित भएका थिए भने मेट्रो अस्पताल नोएडामा डाक्डरहरूको देखरेखमा तिनको उपचार चलिरहेको थियो। आज बिहान अचानक हार्ट अट्याक हुँदा तिनको मृत्यु भएको बताइएको छ। रोहित सरदानाको निधनको खबर पाएपछि आज तक च्यानलमा शोकको लहर छाएको छ।
राजगञ्ज थानाको पहलमा रक्तदान शिविरको आयोजना

अप्रील 30, 2021
राजगञ्ज : कोरोना परिस्थितिमा हाल रगतको समस्या देखा परेकोले गर्दा राजगञ्ज थाना पुलिसले रगतको कमी दूर गर्ने उद्देश्य लिएर आज रक्तदान शिविरको आयोजना गर्यो। राजगञ्ज थाना परिसरमा आयोजना गरिएको उक्त रक्तदान शिविरमा पुलिस अधिकारीहरू, पुलिस कर्मी लगायत सिभिक भोलिन्टियरहरूले रक्तदान गरे। यस अवसरमा पुलिस अधिकारीले बताएअनुसार हाल कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहेको छ भने यहाँको विभिन्न अस्पतालमा रगतको संकट देखापरेकोले गर्दा आज राजगञ्ज थाना परिसरमा रक्तदान शिविरको आयोजना गरिएको हो।
कोरोना संक्रमितहरूलाई निःशुल्क वाहनमार्फत् अस्पताल पुर्याउनेछन् हृदय रोगी अशोक गुप्ताले
सिलगढी : स्वयम् हृदय रोगी भएर पनि कोरोना रोगीहरूको सहयोगको लागि अघि आएका छन् सिलगढीका अशोक गुप्ता भाया। धेरै वर्ष अघिदेखि तिनी सिलगढीमै बस्दै आइरहेका छन् भने यहाँको हिलकार्ट रोडमा तिनको एउटा होटल रहेको छ। तिनले कोरोना संक्रमितहरूलाई आफ्नै वाहनमा सवार गरेर निःशुल्क अस्पताल तथा नर्सिङहोममा पुर्याउने भएका छन्। हाल देशको अन्य ठाउँहरूमा झैँ सिलगढीमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। केही एम्बुलेन्सका चालकहरूले कोरोना संक्रमितहरूलाई अस्पताल पुर्याउनको लागि धेरै रुपियाँ लिइरहेकोले गर्दा धेरैजना मानिसहरू समस्यामा परेका छन्। यसको साथै सटीक समयमा रोगीहरूलाई अस्पताल पुर्याउन असमर्थ भइरहेकोले गर्दा नै तिनले आफ्नै वाहनमा कोरोना संक्रमितहरूलाई अस्पताल पुर्याउने निर्णय लिएको बताइएको छ। तिनी र तिनका वाहन चालक गौराङ्ग विश्वासले साँझपछि पीपीई किट, मास्क र पञ्जा लगाएर कोरोनाको सबै नियम पालन गर्दै संक्रमितहरूलाई निःशुल्क अस्पतालमा पुर्याउने छन्। उक्त वाहनमा रोगीसितै अझ एकजना मानिस बस्न सक्ने व्यवस्था मिलाएको छ। सिलगढी सहरमा यदि कोरोना संक्रमितहरूलाई अस्पतालमा पुर्याउन वाहनको असुविधा भएको खण्डमा आफूहरूसित सम्पर्क गर्ने तिनले बताए। तिनले भने, एकदिन त मर्ने नै हो, मर्नु अघि राम्रो काम गरेर मर्छु। घरमै बसेर पनि धेरैजना कोरोना संक्रमित भइरहेका छन्।ल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।siliguritimes/from,india



