कृषि र किसान

तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै पन्नेलाल, बारीमै हुन्छ बिक्री

वार्षिक १६ लाखसम्म बचत
रेखा जोशी

२०७८ बैशाख २५

रुपन्देहीको तिलोतमा नगरपालिका १४ का पन्नेलाल केवटले २२ वर्षदेखि तरकारी खेती गरिरहेका छन् । हजुरबा, बुबाको पालादेखि नै तरकारी खेती गर्दे आएका थिए । रत उनले पूर्खाले गर्दै आएको परम्पारखेतीलाई आधुनिक खेतीमा परिणत गरेका छन् । ‘हाम्रो पुर्ख्यौली पेसा नै कृषि हो तर बुबाहरूले थोरै खेती गर्दै आउनु भएको थियो’ उनले भने, ‘अहिले मैले आधुनिक तरिकाले खेती गरिरहेको छु । व्यवसायलाई पनि बढाउँदै लगेको छु । पहिला भन्दा धेरै राम्रो आम्दानी भइरहेको छ ।’

उनले थोरै जग्गाबाट तरकारी खेती सुरु गरेका हुन् । मेहनत गर्‍यौ भने कट्ठाको ५ देखि २५ हजार सम्म आम्दानी हुने पनि उनले बताए । उनले अहिले साढे ३ बिघा जग्गामा तरकारी खेती गरिरहेका छन् ।अहिले उनले गरेको खेती हेरेर गाउँका सबैले तरकारी खेती गरिरहेका छन् ।

‘मेले गरेको हेरेर नै धेरैले तरकारी लगाएका छन् । विदेश वा अन्त काम गर्न जान परेको छैन । आफ्नै देशमा केही गरिरहेका छन्’ उनले भने, ‘धेरैलाई कसरी तरकारी खेती गर्ने भनेर सल्लाह सुझाव दिने पनि गरेको छु ।’ आफ्नो देशमा बसेर कृषि गर्‍यो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति उनी बनेका छन् । उनले एसएलसीमा अङ्ग्रेजी विषय लागेपछि तरकारी खेतीलाई रोजेका हुन् ।

‘एसएलसी फेल भए । अरू जागिर पाइएन, त्यसपछि तरकारी खेती रोजे’ उनले भने,‘तरकारी खेती सुरु गरेदेखि नै राम्रो आम्दानी भइरहेको छ। म बाचुन्जेल अब तरकारी खेती नै गर्छु । छोरा छोरीले पनि तरकारी खेती गरे त राम्रो हो । तर गर्छन् गर्दैनन् त्यो उनीहरूको कुरा हो । म बाचुन्जेल तरकारी खेती नै गर्छु ।’

स्नातक सकेका युवा युवतीको चाहना के हुन्छ होला ? स्वाभाविक जवाफ हुन्छ, सरकारी जागिर खाने, विदेश जाने वा ठुला ठुला कम्पनीमा काम गर्ने । तर उनको यस्तो चाहना भने थिएन । आफ्नो देशमा परिवारसँग बसेर केही गर्ने योजना सानैदेखि रहेको उनले सुनाए । विदेशमा दिइने समय, लगानी, मेहनत आफ्नै देशमा खर्च गरे विदेशमा जति कमाई आफ्नै देशमा गर्न सकिने उनको भनाई छ।

‘अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गरौँ । काम भनेको सानो ठुलो हुँदैन’, उनी भन्छन्,‘ बरु आफूले सुरु गरेको व्यवसायलाई कसरी अघि बढाउन सक्छौँ, यो तर्फ ध्यान दिऔँ ।’ हाम्रो समाज अझै पनि कृषि पेसालाई नराम्रो दृष्टिकोणले हरिन्छ । कृषि पेसालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । उनले भने, ‘पहिला भन्दा केही परिवर्तन भएका छन् । अहिले युवा जमात र पढेलेखेका पनि यो पेसामा आकर्षित भइरहेका छन् । तर अझै हाम्रो समाजको सोचाइमा परिवर्तन ल्याउन जरुरी छ ।’

सोचाइमा परिवर्तन भएसँगै पछिल्लो समय कृषि पेसामा बढी सफलता प्राप्त गर्न थालेको पनि उनी बताउँछन् । अरू व्यवसाय गर्नु भन्दा पनि कृषि पेसा गर्नु फाइदै फाइदा रहेको उनले बताए । अरूकोमा नोकरी गर्नु भन्दा तरकारी व्यवसायबाट दैनिक पैसा आउने र आफ्नै परिवारसँग रमाएर काम गर्न पनि पाइन्छ ।

त्यति मात्र हैन, कृषि व्यवसाय रमाइलो पेसा पनि हो । आफ्नो व्यवसायको आफै मालिक हुन पाइन्छ । आफ्नो अनुकूलतामा काम गर्न पाइन्छ भने अरूको अडरमा काम गर्नु पर्दैन। तर मेहनत र निरन्तरता भने दिन आवश्यक छ । “जसले जे व्यवसाय गरेपनि, जागिर खाएपनि कृषिसँग जोडिनै पर्छ भन्ने बुझेर यता लागेको हुँ” उनले भने, “लाखौं कमाइ गरेपनि कृषि फसल खाएरै बाँच्ने हो, यो पेशामा लाग्दा धेरैको भोक मेटाउन सकिने रहेछ ।” उनको बारीमा अहिले भिण्डी, करेला, भान्टा, लौका, घिरौँला, बोडी, बन्दाकोभि लगायतका तरकारी रहेको छ ।

५/६ कट्टा बाट तरकारी खेती गरेर अहिले साढे ३ बिघामा गरिरहका छन् । अझ व्यवसायलाई बढनउदै लैजाने उनको योजना रहेको छ । धेरै काम भएको बेलामा ५/६ जना कामदार पनि लगाउने गरेका छन् । ‘कम मानिस आवश्यक परेको बेलामा आफैले गर्छौ । स्कुल बिदा हुँदा छोरा छोरीले पनि सहयोग गर्छन् । आमा बुबाले पनि सहयोग गर्नु हुन्छ । धेरै मानिस आवश्यक परेको बेलामा कामदार लगाउने गरेका छौँ ।’ उनले भने ।

उनले २ लाख लगानीमा तरकारी खेती सुरु गरेका थिए । ‘पहिला जग्गा पनि कम लगानी पनि कमै लाग्थ्यो । सामान पनि महँगो थिएन’ उनले भने, ‘अहिले महँगी बढेर धेरै खर्च लाग्ने गर्छ ।’ उनले वार्षिक १७ देखि १८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । ‘खर्च कटाएर १५ देखि १६ लाखसम्म बचत हुन्छ । ठ्याक्कै यति भन्दा पनि मूल्य पाइयो भने धेरै हुन्छ । मूल्य कम पाइयो भने आम्दानी पनि कम हुन्छ’ उनले भने,‘आम्दानी नै नहुने भन्ने होइन । कहिले कम कहिले धेरै व्यवसायमा यस्तो भइहाल्छ । अरू व्यवसायमा पनि यस्तै हो ।’

व्यापारीहरू तरकारी किन्न बारीमै आउने गरेका छन् ।‘अरुको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गरौं । काम भनेको सानो ठुलो हुँदैन ।’ उनी भन्छन्,‘उत्पादित सबै तरकारी बजार लग्नुपर्ने बाध्यता छैन”, उनले भने, “तरकारी खोज्दै मानिसहरु घरमै किन्न आउँछन् । तरकारी बिक्रीका लागि बजारको चिन्ता गर्नु पर्दैन, ग्राहक बारीमै पुगेर ताजा तरकारी लिने गरेका छन् ।

लकडाउनका कारण भने केही तरकारीहरू न बिक्ने समस्या भइरहेको उनले बताए । तरकारी खेती गर्न त्यति गाहे काम नभएको पनि उनले बताए । तरकारी खेती गर्न गाह्रो छैन । सजिलो काम हो । तर विशेष ध्यान भने दिनु पर्ने उनी बताउँछन् । मौमसि नै तरकारी लगाउदा पनि २० दिन एक महिना अघि लगाए मूल्य पाइने उनले बताए ।

सरकारले कृषिमा जोड दिन सके धेरै मानिसको जीवनस्तरमा सुधार हुने उनी बताउँछन् । साथै सबै किसिमका खाद्यान्नमा हामी आत्मनिर्भर हुन सकिन्छ । ‘किसानलाई सहज कर्जा, मल, बीउ तथा प्रविधिको अनुदानमा सबैको समान पहुँच स्थापित गरी राहत, अनुदान तथा कृषि बिमाको प्रभावकारी व्यवस्था गर्न आवश्यक रहेको छ । उनले भने ।

कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि अनुदानलाई जोडेर युवाहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्न सके देश विकास हुने देखिन्छ ।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button