खबर

भारतको चर्चित दैनिक पत्रिका हिन्दुस्तान टाइम्सको सम्पादकीय– ओलीलाई भारतको समर्थन !

२९ बैशाख २०७८

काठमाडौं– भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिबारे विवादास्पद टिप्पणी गरेको छ।

पत्रिकाले आफ्नो सम्पादकीयमै प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको उल्लेख गरेको छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनसँग नजिक मानिने हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा लेखेको छ– नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास गुमाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन्।

भारतले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीलाई सहयोग गर्न भनिरहेको उल्लेख गर्दै सम्पादकीयमा लेखिएको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’

अहिले नेकपा (एमाले)कै एक समूह पनि प्रधानमन्त्रीको विरोधमा रहेको, पछिल्लो समय कोरोना महामारीबाट देश आक्रान्त बनेको समयमा भएको पछिल्लो राजनीतिक घटनाले नेपालमा झनै तनाव बढाएको सम्पादकीयमा उल्लेख छ।

यसअघि प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध लड्न अन्तराष्ट्रिय सहयोग मागेको उल्लेख गर्दै उसले अगाडि लेखेको छ– नेपालमा खोपजस्ता कोरोना विरोधी गतिविधिसमेत सुस्त भएका छन्।

भारतमै भ्याक्सिन अभावका कारण आपूर्तिमा प्रतिबन्ध लगाइएको बताउँदै उसले नेपालले आपतकालमा ध्यान केन्द्रित गर्न पहिलो चणमा वैधानिक सरकार गठन हुनुपर्ने बताएको छ।
 Ratopati News /from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button