खबर

रहेनन् प्रेम राई

३० बैशाख २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपाली काँग्रेसका नेता तथा समाजसेवी प्रेम राईको बुधवार राति निधन भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सकृय राई पूर्वी नेपालका नेपाली काँग्रेसका परिचित नेता समेत थिए । झापाको मेचीनगर नगरपालिका वडा नं ६ बसोवास गर्दै आएका राई यस क्षेत्रका अगुवा समाजसेवीका रुपमा समेत परिचित थिए । लामो समय सम्म नेपाली काँग्रेसमा रहेर स्थानिय स्तरमा राजनीति र समाज सेवाको क्षेत्रमा कृयाशिल राई केही समयदेखि सकृय राजनीतिबाट अलिक टाढा रहेरका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय सम्म कृयाशिल राईप्रति चौतारी पोष्ट अनलाइन परिवार भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button