खबर

सिलगढीमा फिल्ड अस्पतालको तयारी, कोरोना संक्रमितहरूको निःशुल्क उपचार गरिने

सिलगढीमा फिल्ड अस्पतालको तयारी, कोरोना संक्रमितहरूको निःशुल्क उपचार गरिने
मे 20, 2021

सिलगढी : कोरोनाको दोस्रो लहरको संक्रमणले धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने धेरैजनाको मृत्यु समेत भइसकेको छ। यसैले कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्ने उद्देश्य लिएर सिलगढीमा एउटा फिल्ड अस्पतालको निर्माण भइरहेको छ। उक्त अस्पतालमा डाक्टर, नर्स र अक्सिजनको पनि व्यवस्था गरिने भएको छ भने कोरोना संक्रमितहरूलाई यहाँ नि:शुल्क उपचार गरिने बताइएको छ। सरकारी अस्पतालमा बेडको अभाव रहेको छ भने नर्सिङहोमहरूमा उपचारको धेरै रुपियाँ लिइने गर्दछ। यस्तो परिस्थितिमा सिलगढीको तीनबत्ती मोड नजिक एउटा भवनमा फिल्ड अस्पताल तयारी भइरहेको छ। सिलगढी वेलफेयर अर्गनाइजेसन, लिभर फाउन्डेसन, कोराम फर ह्युमिनिटी नाम गरेको तीनवटा संस्थाको पहलमा उक्त फिल्ड अस्पतालको निर्माण भइरहेको छ। उक्त अस्पतालमा अक्सिजन युक्त 25 वटा बेडको व्यवस्था रहेको छ भने यहाँ डाक्टर, नर्स रोगीहरूको उपचारको लागि उपलब्ध रहनेछ। यहाँ रहेको कोरोना संक्रमितहरूको अवस्था चिन्ताजनक रहेको खण्डमा तत्कालै तिनीहरूलाई अस्पताल तथा उत्तरबंग मेडिकल कलेजमा पठाइनेछ। यस महिनाको अन्ततिर उक्त फिल्ड अस्तपालको निर्माण कार्य पुरा हुने बताइएको छ। सिलगढी वेलफेयर अर्गनाइजेसनका अभिजीत मजुमदारले बताएअनुसार उक्त फिल्ड अस्पतालमा सबै प्रकारको औषधि, डाक्टर, नर्स तथा खानाको व्यवस्था रहेको छ भने यहाँ कोरोना संक्रमितहरूको सङ्ख्या कम्ती भए तापनि 3 महिनाको लागि अस्पताल चालू रहने तिनले बताए। यदि कोरोनाको तेस्रो लहर आएको खण्डमा यस प्रकारको अस्पतालको आवश्यकता पर्ने तिनले बताए।
लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना पक्राउ


मे 20, 2021

सिलगढी : एनजेपी थाना पुलिसले लाखौँ रुपियाँको सैगुनको काठसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति चन्दन कुमार सिंहको रूपम चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा हिजो फुलबारी इलाकामा अभियान चलाएर एउटा अदुवा बोकेको ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा चोरी गरेको सैगुनको काठ उद्धार गरेको बताइएको छ।

जफत गरेको सैगुनको काठको अनुमानित बजार मूल्य लगभग 50 लाख रुपियाँ रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार असमबाट उक्त काठ बिक्री गर्नको लागि बिहारतर्फ लगिरहेको थियो।
लकडाउनको उल्लङ्घन गर्ने 10 जना पक्राउ


मे 20, 2021

सिलगढी : लकडाउनको उल्लङ्घन गरेको आरोपमा प्रधान नगर थाना पुलिसले10 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार लकडाउनको पाँचौँ दिन आज प्रधान नगर थाना पुलिसले दार्जिलिङ मोड़ नजिक अभियान चलायो। उक्त अभियान अवधि निर्धारित समयपछि पनि खुल्ला राखेको एउटा होटलबाट पुलिसले धेरै मात्रामा रक्सी उद्धार गर्नको साथै होटलमा गैर कानुनी रूपमा रक्सी बिक्री गरेको आरोपमा एकजना युवकलाई पनि पक्राउ गरेको छ। अर्कोतिर, प्रधान नगर थाना पुलिसले लकडाउनको उल्लङ्घन गरेको आरोपमा लगभग 10 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।
विधायक खगेश्वर रायद्वारा राजगञ्ज ग्रामीण अस्पताल लगायत दुईवटा सेफ हाउसको निरीक्षण


मे 20, 2021

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज राजगञ्ज ग्रामीण अस्पताल लगायत दुईवटा सेफ हाउसको निरीक्षण गरे। हाल कोरोनाको बढ्दो प्रकोपलाई ध्यानमा राखेर मगरडाङ्गी क्षेत्रको औद्योगिक क्षेत्रभित्र एउटा सेफ हाउसमा कोरोना संक्रमितहरूको उपचार चलिरहेको छ भने केही दिनभित्रको अवधिमा त्यहीँ अझै एउटा सेफ हाउस खोलिने भएको छ। यसैले आज विधायक खगेश्वर रायले उक्त क्षेत्रको निरीक्षण गरे। यस अवधि तिनले बताएअनुसार राजगञ्ज ग्रामीण अस्पतालमा टीकाकरणको प्रक्रिया राम्ररी चलिरहेको छ भने सेफ हाउसको परिसेवा के-कस्तो चल्दैछ भन्ने विषयमा जानकारी लिनको लागि आज यसको निरीक्षण गर्न आएको हो। तिनले अझ भने, गत सोमबार बेलाकोवा ग्रामीण अस्पतालमा टीकाकरणमा गड़बड़ी तथा भाई-भतीजावादको आरोप अघि आएपछि उक्त मामिलाको जाँच गर्नको साथै ब्लक स्वास्थ्य अधिकारीलाई आवश्यक कदम उठाउने निर्देश दिएको छ। मानिसहरूलाई कोरोनाको भ्याक्सिन नियमित रूपमा प्राप्त होस् भन्ने उद्देश्य लिएर आफू ब्लक स्वास्थ्य अधिकारीहरूसित सम्पर्क राखिरहेको तिनले बताए।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button