
मेचीनगरपालिकाको नदीजन्य वस्तुको विषयमा मेयर बिमल आचार्य भन्छन् (भिडियो)
७ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा भएको नदी जन्य वस्तुको उत्खनन् ,ओसार पोसर र ठेक्काका विषयमा चर्चा चलिरहेका बेला नगरका मेयर बिमल आचार्यले आज ( शुक्रबार) नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाको धारणा राखेकाछन् । केही समय यता नगरमा नदी जन्य वस्तुको ओसारपोसार , उत्खनन् र ठेक्काको विषयले निक्कै चर्चा पाएको छ । पछिल्लो समयमा नदी जन्य वस्तुको ओसारपोसारका विषयमा नगरकै केही जनप्रतिनिधिको नाम सार्वजनिक रुपमा आएपछि यसले थप चर्चा पाएको थियो । यस विषयमा पत्रकार सम्मेलनमा मेचीनगर नगरपाालिकाका मेयर बिमल आचार्यले यसरी आफ्नो धारणा ब्यक्त गरेकाछन् ।
उता मेचीनगर नगरपालिकाका भौतिक पुर्वाधार समितिले बुझेर लगेको १सय ५० ठेलि नदिजन्य सामाग्रिको रसिदको रकम कार्यालयमा दाखिला नगरेको भनि प्रमुख प्रशासकिय अधिकृतले रकम दाखिलागर्न यस अघि नै पत्राचार पत्राचार गरको भएपनि यो विषयले चर्चा पाएपछि नगरपालिकाले छानविन समिति बनाएको बुझिएको छ । मेचीनगर नगरपालिकामा यस अघि पनि पटक पटक नदीजन्य सामाग्रीको उत्तखनन् र ओसारपोसारका विषयमा विभिन्न कोणबाट यस विषयमा प्रश्न उठिरहदा समेत खासै चासो देखाइएको थिएन । तर, यस पटक भने १ सय ५० ठेली रसिदसँगै जनप्रतिनिधिको नाम जोडिएसँगै यो विषयका लागि मेयर आचार्य आफैले अग्रसरता देखाएका हुन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त पछिल्लो जानकारी अनुसार सार्वजनिक खरिद ऐनले समेत रु ५०००००।०० भन्दा बडि मुल्यको कारोबार गर्दा खुल्ला दरभाउपत्र वा बोलपत्रको माध्यामबाट कार्य गर्ने ब्यवस्था छ । तर, सो कानूनी ब्यवस्थाको कतिपय नदीजन्य वस्तुका विषयम समेत धज्जी बे वास्ता गरि मिलानका भरमा ठेक्का दिइने गरेको बताईको छ । प्राप्त जानकारी अनुसार नगरकै केही कर्मचारीहरु समेत नदीजन्य वस्तुको ओसारपोसार र उत्खनन्मा कतै संलग्न त छैनन् ? भन्ने आशंका समेत जन्मिएको छ ।



