खेलकुद

बेलको भविष्य अनिश्चित

जेठ ११, २०७८

एजेन्सी – रियल म्याड्रिडमा नियमित रुपमा पहिलो रोजाईमा पर्न नसक्दा ग्यारेथ बेल निराश थिए । प्रशिक्षक जिनेदिन जिदानसँगको उनको सम्बन्ध पनि खास राम्रो थिएन । बढी मौकाका लागि उनी प्रिमियर लिग टोली टोटेनहममा एक वर्षको लोनमा फर्केका थिए ।

प्रिमियर लिगको सिजन शनिबार सकिएसँगै बेलको टोटेनहम बसाइ पनि अन्त्य भएको छ । अब बेलको भविष्य अब के हुन्छ भन्नेमा चर्चा सुरु भइसकेको छ । वेल्सका विंगर बेलको रियलसँग एक वर्षको साम्झौता अझै बाँकी छ । त्यसअर्थ उनी अर्को सिजन रियल फर्कनु पर्ने हुन्छ । तर अहिले बेल आफ्नो भविष्यका विषयमा बोल्न चाहिरहेका छैनन् ।

‘मेरो निर्णय के हुन्छ भन्ने युरो पनि मात्र थाहा हुन्छ । के गर्नुपर्छ भन्ने मलाई थाहा छ तर अहिले नै त्यो भन्दा राम्रो हुँदैन,’ उनले भने, अहिले म अरु विषयमा भन्दा पनि वेल्सका बारेमा सोचिरहेको छु ।’

टोटेनहमका लागि सबै प्रतियोगितामा बेलले १६ गोल गरे । अन्तिम दिन लेष्टरविरुद्धको खेलमा उनको २ गोलको मद्दतमा टोली ४–२ ले विजयी भएको थियो । त्यहि जितले टोली यूईएफए युरोपा कन्फ्रेन्स लिगका लागि छनोट भएको थियो । यसै सिजन सुरु भएको प्रतियोगिता युरोपेली क्लबको तेस्रो श्रेणीको प्रतियोगिता हो ।

बेल सम्मिलित वेल्सले युरोको समूह ए मा टर्की, इटाली र स्विटजरल्यान्डको सामना गर्दैछ । वेल्सले पहिलो खेल स्विटजरल्यान्डसँग १२ जुनमा खेल्दैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button