स्वास्थ्य

कोभिड निको भएका बिरामीमा कपाल झर्ने समस्या भए के गर्ने?

डा चन्द्र मोहन साह

कोभिड-१९ निको भएको केही दिनमा आत्याधिक मात्रामा कपाल झर्ने समस्या देखिन सक्छ। कपाल झर्योि भनेर डराउन पर्दैन। यो एक सामान्य प्रकृया हो। एउटा अनुसन्धानले लगभग २२ प्रतिशत कोभिड जितेका बिरामीमा ६ महिनाको आसपासमा कपाल झर्ने गरेको देखाएको छ।हामी अझै पनि महामारीसँग लडिरहेका छौं। हरेक दिन नयाँ बिरामी हरु थपिँदै गएका छन्। निको हुने दर राम्रै छ। तर निको भाइसकेको धेरै बिरामीहरु अझै कपाल झर्ने समस्याबाट ग्रस्त छन्। कोभिड -१९ ले गराउने कपाल झर्ने समस्याको वैज्ञानिक आधार प्रमाणित भाइसकेको छैन। तथापी यो रोगले निम्त्याउने चिन्ता र तनावले गर्दा नै Telogen Effulvium नामक अवस्था उत्पन्न हुन्छ। यो एक किसिमको अस्थायी समस्या हो। कोही कोहीमा पौष्टिक तत्व र Micro-nutrients को कमीले गर्दा पनि यस्तो समस्या निम्तिएको हुन्छ।

यस्तो बिरामीहरुको कपाल झर्ने समस्या ठिक हुन समय अवश्य लाग्छ तर चिन्ता मान्नुपर्दैन। यस्ता बिरामीमा कपाल झर्ने समस्या आर्को ३ देखि ६ महिनामा निको हुने सम्भावना अत्याधिक हुन्छ।

कोभिड-१९ ले गर्दा उत्पन्न Telogen Effulvium बाट जोगिन महत्वपूर्ण सुझाव
• कपाल झर्यो भनेर चिन्ता नलिने
• नियमित रुपमा शारीरिक अभ्यास गर्ने
• पौष्टिक आहारसंगै भिटामिन डि र आइरनयुक्त खाना बढी मात्रामा खाने
• दैनिक ७-८ घण्टा आनिवार्य रुपमा सुत्ने
• मानसिक तनाव नलिने
• तनाव घटाउन व्यायाम तथा योगको सहारा लिने

-(छाला तथा यौन रोग विशेषज्ञ साह यती स्किन एन्ड हेयर क्लिनिक, बुटवलमा कार्यरत छन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button