खबर

केपीपी-का नेता अतुल रायको उपचारको लागि मुख्यमन्त्री समक्ष सहयोगको अपील

केपीपी-का नेता अतुल रायको उपचारको लागि मुख्यमन्त्री समक्ष सहयोगको अपील
जुन 1, 2021

सिलगढी : कामतापुर प्रोगेसिभ पार्टीका नेता अतुल राय गत केही दिनदेखि अस्वस्थ्य रहेकोले हाल सिलगढीको एउटा गैर सरकारी नर्सिङ होममा तिनको उपचार चलिरहेको छ। यस्तो परिस्थितिमा तिनका परिवारका सदस्यले आर्थिक समस्या झेल्न परिरहेकोले गर्दा कामतापुर प्रोगेसिभ पार्टीका सदस्यहरूले मुख्यमन्त्री ममता ब्यानर्जीलाई तिनको उपचारको लागि सहयोग गरिदिने अपील गरेका छन्। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनका बुधारू
राय लगायत अन्य सदस्यहरूले यसबारे जानकारी दिएका छन्।
मङ्पुमा पुलिसको नाका चेकिङ जारी


जुन 1, 2021

मङ्पु: लकडाउनको समय अनावश्यक वाहनहरूलाई चल्न नदिन मङपु पुलिसले आजदेखि स्थानीय नालीडाँडामा नाका चेकिङ शुरू गरेको छ। लकडाउनको समय अवधि राज्य सरकारले अझ 15 दिनको निम्ति बढाएको छ भने मङपु पुलिसले अनावश्यक गाडीहरु चेकिङ गर्दै कानुनी कार्वाही गर्ने चेतावनी दिएको छ। आज सिलगढीबाट सर-समानहरू लिएर आउने मालवाहक वाहनहरुलाई पनि रोकेर सौदापात लिन जाँदा दिएको अनुमति पत्र छ-छैन भन्नेबारे पुलिसले जाँच गरे। पुलिसले यस महामारीको समयमा काम बिनै सडकमा घुम्ने दुई चक्के स्कुटी तथा मोटर बाईकहरूलाई बाहिर ननिस्किदिने अपील गर्दै अबदेखि कानुनी कर्वाही गर्ने चेतावनी दिए।
गोरामुमोद्वारा दार्जिलिङको विभिन्न ठाउँमा सेनिटाइज कार्य जारी


जुन 1, 2021

दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा विधायक निरज जिम्बाको निजी कोषबाट दार्जिलिङ नगरपालिकाको विभिन्न वार्ड अनि वरिपरिका क्षेत्रमा सेनिटाइजेशन कार्य जारी रहेको छ। यसै क्रममा आज यहाँको वार्ड नम्बर 20 अन्तर्गत पच्चपनहट्टा, वार्ड नम्बर 9 सिडर कटेज अनि वरिपरिका क्षेत्रमा सेनिटाइज गरियो। स्थानीय वार्ड नम्बर 9 का प्रतिजी थापाले बताए अनुसार अहिलेसम्म 9 नम्बर वार्डमा कसैले पनि सेनिटाइज नगरेको तर विधायक निरज जिम्बाको टोलीले हाम्रो क्षेत्रमा सेनिटाइजेशन गरिदिएकोमा विधायक जिम्बा अनि तिनको टोलीलाई वार्ड नम्बर 9 को तर्फबाट हामी धन्यवाद दिन चाहन्छौ। यसै क्रममा वार्ड नम्बर 22 लालढिक्कीमा विधायक निरज जिम्बाको सहयोगमा सेनिटाइजेशन मशिन, पीपीई किट्स, मास्क, पञ्जा अनि सेनिटाजर प्रदान गरेकोमा लालढिक्की समाजका सचिव दुर्गा थापाले सहयोगको निम्ति विधायक जिम्बाप्रति आभार प्रकट गरेका छन्।
कोरोना महामारीमा मानिसहरूको सहयोग गर्न नक्सलबारीमा तृणमूल युवा कङ्ग्रेस कमिटी गठन


जुन 1, 2021

नक्सलबारी : कोरोना महामारीको समयमा इलाकाको मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर नक्सलबारी ब्लक 2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट कार्यकर्ताहरूलाई लिएर पार्टी कार्यालयमा एउटा बैठकको आयोजना गरियो। बैठकमा नक्सलबारी ब्लक 2 अञ्चल तृणमूल युवा कङ्ग्रेस कमिटीको गठन गरियो। यस अवसरमा नक्सलबारी ब्लक 2 तृणमूल युवा कङ्ग्रेस अध्यक्ष अरुण घोष, अञ्चल अध्यक्ष पार्थ सारथी मुखर्जी लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल युवा कङ्ग्रेस ब्लक 2-का अध्यक्ष अरुण घोषले बताएअनुसार कोरोना महामारीको समयमा इलाकाका मानिसहरूलाई यथा सम्भव सहयोग गर्ने उद्देश्य लिएर अञ्चल कमिटी गठन गरिएको हो। पार्टी कार्यालयमा एउटा बैठक गरेर 53 जना युवाहरूलाई लिएर कमिटी गठन गरिएको छ भने उक्त नव गठित अञ्चल कमिटीले कोरोना महामारीमा प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्ने तिनले बताए। अञ्चल युवा कमिटीमा सत्य नारायण गोस्वामी तथा सुमन रायलाई सीनियर उपाध्यक्षको पदमा नियुक्त गरिएको छ।

विधायक निरज जिम्बाद्वारा रिम्बिक सिङ्गलिला हेल्थ केयरलाई आर्थिक साथै चिकित्सा सामग्रीहरू प्रदान


जुन 1, 2021

रिम्बिक: विधायक निरज जिम्बाले रिम्बिक लोधोमा समष्टिको भ्रमण अवधि रिम्बिक बजारमा रहेको सिङ्गलिला हेल्थ केयरलाई आर्थिक सहयोग प्रदान गर्नको साथै कोरोना संक्रमणलाई सिङ्गलिला हेल्थ केयर एउटा गैर नाफामुखी संगठन हो, जसले रिम्बिकका मानिसहरूलाई सेवा पुर्यााउँदै आइरहेको छ। यस संगठनले निस्वार्थ भावनाले रिम्बिकमा ठूलो भुमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै विधायक निरज जिम्बाले यस प्रकारको सहयोग पुर्यापएको बताइएको छ। हेल्थ केयरका एकजना सदस्यले बताए अनुसार विधायक निरज जिम्बाले अचानक छड्के भ्रमण गर्दै सेन्टरमा आएपछि हेल्थ केयरबारे जानकारी लिए। यसपछि तिनले आर्थिक सहयोग प्रदान गर्दै 21 हजार रुपियाँको चेक प्रदान गर्नको साथै 2 वटा सेनिटाजेशन मशिन, हाइड्रो क्लोराइड सलुसन 10 लिटर, 2 वटा अक्सिमिटर, थर्मोमिटर, पञ्जा, पीपीई किट्स 6 वटा, मास्क अनि सर्जिकल माक्स प्रदान गरेका छन्। तिनले थप जानकारी दिँदै भने, विधायक निरज जिम्बाको भ्रमणले हामीलाई थप ऊर्जा साथै प्रोत्साहन पाएको छौ। यसको निम्ति हामी रिम्बिक सिङ्गलिला हेल्थ केयर परिवारको तर्फबाट धन्यवाद दिँदै आभार व्यक्त गर्दछौं।siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button