खेलकुद

जर्मनीको गोल वर्षा

जेठ २५, २०७८

एजेन्सी – युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा उपाधि दावेदार जर्मनीले लात्भियालाई हराउँदै युरोकपको लागि तयार रहेको संकेत दिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा जर्मनले लात्भियामाथि ७–१ को फराकिलो जित निकाल्दै युरोकपको लासग तयार रहेको संकेत दिएको हो । एकपक्षीय बनेको खेलमा जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

लात्भियाका एलेक्सेज साभेलजेभ्सले एक गोल फर्काए । जर्मनीले पहिलो हाफमै ५–० को अग्रता लिदा दोस्रो हाफमा दुई गोल थप्दा एक गोल खाएको थियो । खेलको १९औं मिनेटमा रोविन गोसेन्सले काई हाभर्टजको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । २१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।

२७औं मिनेटमा थोमस मुलरले रोविन गोसेन्सको पासमा गोल गरेपछि जर्मनी ३–० ले अघि बढ्यो । ३९औं मिनेटमा रोबर्टस ओजोल्सले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा ४–० को अग्रता बनायो । ४५औं मिनेटमा म्याट हमेल्सको पासमा सर्ज जिनाब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनायो ।

५०औं मिनेटमा सब्सिच्युट टिमो वेर्नरले योसुवा किम्मिखको पासमा गोल गरेपछि जर्मनी फराकिलो जिततर्फ अग्रसर बन्यो । टिमो ४६औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका थिए । ७५औं मिनेटमा एलेक्सेज साभेलजेभ्सलेले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याएपनि त्यसको एक मिनेटपछि नै ७६औं मिनेटमा अर्का सब्सिच्युट लिरोए सानेले थोमस मुलरको पासमा गोल गर्दै जर्मनीलाई ७–१ को फराकिलो जित दिलाए ।

समूह ‘एफ’ मा रहेको जर्मनीले १५ जुनको राति विश्वविजेता फ्रान्ससँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २३ जुनमा हंगेरीसँग खेल्ने तालिका छ । यता, युरोकपमा छनोट हुन असफल लात्भियाले इस्टोनियासँग १० जुनमा अर्काे मैत्रीपुर्ण खेल खेल्ने तालिका छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button