खबर

बालुवाटारबाट नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा पक्राउ

२८ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

बालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गरिरहेकै बेला २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button