मूल खबर

हस्ताक्षर प्रकरणमा अल्झियो एमाले एकता

काठमाडौं,असार २०, २०७८
एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्।

ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको स्रोतले बताएको छ। उपमहासचिव घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुगेर गराएको टेलिफोन संवादमा ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। तर, नेपालले ओलीको आग्रहलाई अस्वीकार गरिदिएका हुन्।

‘अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार गर्न सकिन्छ। हस्ताक्षर फिर्ता लिन सकिन्न’, नेता नेपालले ओलीसँग भनेका थिए। बरु नेपालले पार्टीको एकता टुंग्याउन जेठ २ गठित कार्यदललाई सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेको जनाइएको छ। दुवै पक्षका ५÷५ नेता रहेको कार्यदल गठन गरिएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button