खबर

बाढीले गाडी बगाउँदा इन्जिनियरसहित २ बेपत्ता

२३ असार २०७८
newsofnepal
दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको सुन्दरेखोलामा आएको बाढीले गाडी बगाउँदा सडक निर्माणमा खटिएका इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन ।मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएका हुन ।

निर्माण कम्पनी लामा कन्ट्रक्सनको प्रदेश ३–०१–०३३–च–३६४२ नम्बरको हाइलक्स गाडीमा सवार साईड इन्र्चाज राजाराम आचार्य र गाडीका चालक बेपक्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो। बाढीले बगाएको गाडी डेढ किलोमिटर तल रतीखोला र मोदीखोलाको दोभान नजिक भेटिएको छ । बेपत्ता भएका दुबै जनाको खोजी जारी रहेको बुढाथोकीले बताउनुभयो ।

बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ। बाढी पहिरोले पर्वतका तीनचारवटै सडक गएरातिदेखि खण्ड बन्द भएका डिएसपी बुढाथोकीले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button