खबर

आज मुस्लिम समुदाय बकर इद मनाउँदै

६साउन २०७८

मेचीनगर ।विश्वका मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इद आज मनाइदैछ ।नेपालमा रहेका सयौँ मुस्लिम समुदायले देशभरका मस्जिदमा धार्मीक विधि अनुसार आज बकर इद मनाउदै छन् ।बकर इद पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

मुस्लिम समुदायको इस्लामिक पात्रो अनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । काठमाडौँमा रहेको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको छ।

आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गरेकीछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button