
७ साउन२०७८
काँकरभिट्टा । झापामा जारी निषेधाज्ञाको मोडालिटि(स्वरुप) परिवर्तन गरिएको छ ।
जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको बैठकको निर्णय पछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा सार्वजनिक सवारीमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको उल्लेख गरिएको छ ।
यो व्यवस्था छोटो तथा लामो दु्रीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारीहरुमा लागू हुने आदेशमा उल्लेख गरिएको छ ।
त्यसैगरी अत्यावश्यक सामग्री वाहेकका पसल स्वास्थ्य मापदण्डको पालना गरी विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने उल्लेख छ । सोही अवधिमा होटल तथा रेष्टुरेण्टहरु समेत सञ्चालनमा आउने छन् ।
जारी आदेश बिहीबार बेलुकी १२ बजेदेखि साउन १४ गते बिहीबार राति १२ बजेसम्म लागू हुने आदेशमा जनाइएको छ ।




