
२४ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ झापाको प्रथम विस्तारीत बैठक बुधबार सम्पन्न भएको छ ।
महासंघ केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं। १ अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा झापाको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सो बैठक सम्पन्न भएको हो ।
बैठकका प्रमुख अतिथि थापाले महासंघको कमिटीलाई देशैभर विस्तार गर्ने योजनासहित आवश्यक तयारी तीव्र पारिएको बताए ।
थापाले अहिले सम्म ५४ वटा जिल्लामा गठन भएको महासंघ सक्रिय रहेको अवगत गराउँदै निकट भविष्यमा बाँकी जिल्लामा कमिटी गठन गरी बैठक तथा कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराए ।
खेलाडीको हक अधिकारप्रति महासंघ प्रतिबद्ध रहेको जनाउँदै थापाले खेल पूर्वाधार विकासका लागि सरकारसँग आवश्यक पहल गर्ने पनि उनले बताए ।
महासंघका जिल्ला अध्यक्ष होम दुलालको अध्यक्षतामा भएको बैठकमा विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इञ्चार्ज पुष्पराज पोखरेल, लोकबन्धु कन्दङ्वा, पार्टी केन्द्रीय प्रतिनिधि परिषद् सदस्य सुभद्रा भट्टराई अर्याल, पार्टीका जिल्ला अध्यक्ष वेदराज रेग्मीलगायतले विचार राखेका थिए ।
झापाका १५ वटै पालिकाका महासंघ प्रतिनिधिहरुको उपस्थिति रहेको बैठकको सञ्चालन महासंघ जिल्ला सचिव चेतराज बिष्टले गरेका थिए ।
बैठकले महासंघमा रिक्त पदमा पदपूर्ति गर्ने, जिल्लाका सबै पालिकामा महासंघ गठन गरी पालिका इञ्चार्ज तोक्ने, निकट भविष्यमा महासंघ प्रदेश नं। १ को प्रदेशस्तरीय भेला झापामा आयोजना गर्नेलगायतका विविध निर्णय गरेको बताइएको छ



