मूल खबर

झापाको गौरादहमा हत्या गरी सेफ्टी ट्यांकी भित्र शव लुकाउने पाँच पक्राउ

२९ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । झापाको गौरादह नगरपालिका ५मा धारिलो हतियारले हत्या गरी शौचालयको सेफ्टी ट्याकी भित्र शव लुकाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार गौरादह नगरपालिका वडा नं ५ बस्ने ४६ वर्षिय मबेसिर हुसेन मियाँलाई धारिलो हतियारले हत्या गरी सेफ्टी ट्यांकीभित्र फालेको र सो ट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई ट्यांकीमाथि चाङ लगाई अभियुक्तहरुले ढकनी बनाएर छोपेका थिए । सो हत्याको अभियोगमा पक्राउ पर्नेहरुमा गौरादह ५ बस्ने ३१ वर्षिय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षिया सुमेरन खातुन सोही ठाउँका २६ वर्षिय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षिया रुक्सार खातुन र ३८ वर्षिया कुर्समान खातुन रहेका छन् । मबेसिर हुसेन मियाँ कात्तिक ११ गते विहान ११ बजेदेखि हराएका थिए । उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् ।

खोजीका साथै अनुसंन्धानमा रहेको प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो २ ३० बजे गौरादह ५ स्थित महमद सद्दामको घर खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगतजस्तो रातो पदार्थको छिटाहरु फेला पारेको थियो । प्रहरीले आफ्नो अनुसंन्धानको क्रममा शंका लागि त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांकीमाथिको गोबरको गुईठाको चाङ हटाएर सेफ्टी ट्यांकीभित्र खोजी गर्ने क्रममा मबेसिर हुसेन मियाँको शव फेला परेको थियो । उनलाई घातक हतियारले हत्या गरी कम्बलमा पोको पारी सेफ्टी ट्यांकीभित्र फालिएको थियो । दुर्गन्धित अवस्थामा फेला परेको शवलाई लाशजाँच मुचुल्का समेतको अनुसन्धान गरी पोष्टमार्टमको लागि
धरान स्थित बिपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए। उनले उक्त घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र मार्तोललगायत प्रमाणयोग्य वस्तुहरु बरामद गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button