स्वास्थ्य

दुवै मात्रा खोप लगाएका कोरोना सङ्क्रमितको मृत्यु

रासस
काठमाडौँ
४ पुस २०७८

बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो।

बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो।

कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ। कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ।

यससंगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन्।nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button