
१६पुस २०७८
चौतारी पोष्ट अनलाइन
विकास देवकोटा
सालघारी । मेचीनगर नगरपालिका वडा नं ८ स्थित सालघारीमा शुक्रबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् ।
स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा आफ्नो मन्त्ब्य राख्दै आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा महत्वपूर्ण बिषय भएको बताए । उनले स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पुर्वाधार थप्दै आगामी दिनमा सो क्षेत्रका नागरिकलाई दक्ष जनशक्तीका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन आफु लागि पर्ने बताए ।

सो कार्यक्रममा नगर उपप्रमुख मीना पोखरेल (उप्रेती)ले नगरका सबै नागरिक स्वास्थ्यको पहुचमा अझै पुग्न नसकीरहेको अवस्थामा आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत पनि धेरैले सेवा लिन पाउने बताईन् । साथै सो क्षेत्रका नागरिकलाई स्वास्थ्य सम्बन्धि भरपुर लाभ लिन समेत उनले आग्रह गरिन् ।
सो कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत खेमराज ओझा, नेकपा एमाले जिल्ला कमिटी सदस्य लालबहादुर थामी, नेकपा एमाले मेचीनगर ८ का वडा अध्यक्ष बिष्णु भट्टराई, नेपाली काँग्रेस मेचीनगर ८ का वडा सभापती गिरीराज धमला, माओवादी केन्द्रका राजु दाहाल, जनता समाजवादी पार्टीका पवन मेचेलगायतले बोल्दै सो क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा मार्फत चिया मजदुर, विपन्न तथा पिछडीएका वर्र्गसहित सबै समुदायका मानिसले आफ्नै ठाँउमा स्वास्थ्य सेवा लिन पाउने बताए ।
स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रममा आयोजक मेचीनगर ८ वडा कार्यालयले जग्गा दाता तिम्सिना परिवारलाई सम्मान गरेको थियो ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, मेचीनगर स्वास्थ्या शाखा प्रमुख सरिता सापकोटा, मेचीनगर–८ का वडा सदस्यहरु सन्तोष मेचे, गंगा पाठक, खिला मेचे र बिष्णु बराईलीलगायतको आतिथ्यता रहेको थियो ।
मेचीनगर – ८ वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आधारभूत स्वास्थ्य सेवा केन्द्रका उपाध्यक्ष कुन्दन निरौला र सञ्चालन मेचीनगर ८ का स्वास्थ्य प्रमुख दिवाकर पौडेलले गरेका गरेका थिए ।



