मूल खबर

मन्त्री कार्की दिनभरी मेचीनगरमा

१८ पुस २०७८
काँकरभिट्टा ÷ प्रदेश १ काआन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की आइतबार मेचीनगरका विभिन्न कार्यक्रममा व्यस्त रहे । नेपाली काँग्रेसको अगुवा कार्यकर्ता भेटघाट, होल्डिङ सेन्टर, मेची पुलमा रहेको हेल्प डेक्सको, निरीक्षणमा मन्त्री व्यस्त बनेका हुन् ।

बिहान मेचीनगरमा आयोजित अगुवा कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा मन्त्री कार्कीले संगठन विस्तारमा लाग्नुपर्ने र निर्वाचन नजिँकिएका कारण बाकी समय रचनात्मक काममा खर्च गर्न सुझाव दिएका थिए । कार्किले पार्टीको १४ औँ महाधिवेशनले नेपाली काँग्रेसका सवै नेता कार्यकर्ताहरुलाई एक भएर अघि बढ्न सन्देश दिएकाले सो अनुसार लाग्न समेत नेता कार्यकर्तालाई आग्रह पनि गरेका थिए ।
नेपाली काँग्रेसका पूर्व नगर सभापति दुर्गाप्रसाद सापकोटाका अनुसार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले मेचीनगर—२ को भृकुटीमा प्रहरी चौकी स्थापनाका लागि मन्त्री कार्कीसँग अनुरोध गरे लगत्तै मन्त्री कार्कीले यथाशीघ्र प्रहरी चौकी स्थापना गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

मेची पुलमा रहेको हेल्पडेक्सका बारेमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले मन्त्रीसहितको टोलीलाई जानकारी गराएकी थिइन् । मेचीपुलको हेल्पडेक्स निरीक्षण पश्चात टोलीले झापाको मेचीनगर नगरपालिका–१४ ढुहागढीमा निर्माण हुदैं गरेको एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो ।

नगर उपप्रमख उप्रेतीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न नागरिकका लागि सो क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरिएको मन्त्री कार्किसहितको टोलीलाई जानकारी पनि गराएकी थिइन् ।

निरीक्षण् पश्चात मन्त्री कार्कीले चाडै निर्माण सकेर हस्तान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसको व्यवस्थित गर्न र आवश्यक पूर्वाधार तयार गर्न समेत उहाँले सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए े ।

करिब २२ करोड रुपैयाँ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौँले लिएको, होल्डिङ सेन्टरमा फेब्रिकेटेड प्रविधियुक्त भवन अत्यन्तै व्यवस्थित बन्ने , नेपाली सेनाको रोहबरमा बन्ने होल्डिङ सेन्टरमा १० देखि १२ वटा भवन बन्ने, निर्माण कार्य तीव्ररुपमा भइरहेकाले अव केही महिनाभित्र निर्माण कम्पनीले सक्ने प्रजिअ तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button