सृजनाको चौतारी

इलाममा मुक्तक वाचन तथा विमर्श कार्यक्रम सम्पन्न

१८ पुस २०७८

इलाम । इलाममा मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । मुक्तक सागर त्रैमासिक पत्रिका काठमाडौँ र भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिले मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रमको आयोजना गरेका हुन् ।

भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिका अध्यक्ष विमल वैद्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथि युद्धप्रसाद वैद्य थिए । कार्यक्रममा सभागीलाई स्वागत कवि प्रकाश थाम्सुहाङले गरेका थिए भने कार्यक्रम संचालन सविता पाण्डेले गरेकी थिइन् ।

स्रष्टाहरूले समकालीन मुक्तक लेखन, मुक्तकको संरचना र विधिबारे खुलेर बहस गरेका थिए । गोष्ठीमा मुक्तककार, कवि केशव आचार्य, मुक्तककार, कवि तथा समीक्षक प्राज्ञ विवश पोखरेलले विगत र वर्तमानको मुक्तकको तुलना गर्दै अहिले मुक्तक सर्वप्रिय रहेको धारणा राखेका थिए ।

मुक्तक सागरकी सम्पादक निशा के।सीले मुक्तक गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै मुक्तक विधाको समृद्धि र विस्तारका लागि प्रतिबद्ध साहित्यिक पत्रिका मुक्तक सागरले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमको निरन्तरता दिने बताइन् ।

इलामले २०४४ सालमा ुटिकटु मा मुक्तक गोष्ठीको आयोजना गरेको र इलामका मुक्तक प्रकाशन गरेको स्मरण गर्दै त्यसपछि धेरै वर्षको अन्तरालमा इलाममा मुक्तक गोष्ठी भएको सभाध्यक्ष विमल वैद्य र प्रमुख अतिथि युद्धप्रसाद वैद्यले बताए ।

उक्त गोष्ठीमा मुक्तककारहरू इलामे जेठो, प्रवीण श्रेष्ठ, पवन ढुङ्गेल, कुशल गाउँले, अनवर अली, राधा भट्टराई, मणि अन्जान, दर्शन घिमिरे, विकास शिवा, दिनेश प्रयास, लक्ष्मी रायामाझी, सुवास राई, उमेश विरोधी, प्रदीप दीप, सुमन सन्जेल, विवश पोखरेल, विमल वैद्य, केशव आचार्य, निशा के।सी। लगायत तीन दर्जनभन्दा बढी मुक्तककारहरूले मुक्तक वाचन गरेका थिए ।

इलाम साहित्य समाजले संयोजन गरेको कार्यक्रममा समता स्कुलका विद्यार्थीहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button