मूल खबर

मलामी चढेको बस दुर्घटना : बाबुछोरासहित अर्घाखाँचीका ४ र बुटवलका ३ जनाको मृत्यु , सबैको सनाखत

१८ पुष २०७८

यमलाल भुसाल

बुटवल ।

आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीर बहादुर विश्वकर्माको शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी बुवाको दाहसंस्कार गर्न हिँडेका ३० वर्षीय छोरा पशुपति रसाइली सहित आफन्तहरू गरी ७ जनाको निधन भएको छ । बुटवल रानीगञ्ज निवासी ७० वर्षीय वीरबहादुर विश्वकर्माको शनिबार निधन भएको आफन्तले जनाएका छन् ।
बस दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । १६ जना घाइते भएका छन्।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर, २८ वर्षीय भोजेन्द्र विक, ३३ वर्षीय अर्जुन विक, रहेका छन् ।

त्यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका– ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, वीरबहादुरका छोरा ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर स्वातीले बताउनु भयो ।

शवसहित मलामी बोकेर बुटवलदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको थियो। घाइतेमध्ये ९ जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा ७ जनाको उपचार भइरहेको स्वातीले बताउनु भयो।

बिहान शीतले चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । चालक भने सकुशल छन्। उनी प्रहरीको नियन्त्रणमा रहेका स्वातीले बताउनु भयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रिडी दाहसंस्कार गर्न भनी लैजाँदै गर्दा भएको दूर्घटना पछि भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको शव बुटवल ल्याएर दाहसंस्कार गर्ने आफन्तले जनाएका छन् । एक वर्ष देखि प्यारालाईसवाट वीर बहादुर पीडित हुनु हुन्थ्यो । दाहसंस्कारका लागि बसमा ५ भाइ छोरा र एउटी छोरी पनि सँगै जानु भएको थियो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button