
मेचीनगर ।काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २६औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारण सभाको उद्घाटन मेचीनगरका मेयर बिमल आचार्यले गरेका थिए । कार्यक्रममा मेचीनगरका उप प्रमुख मिना पोखरेल (उप्रेती) लगायत संस्थाका पूर्व कार्य समिति पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष राजकुमार पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । साधारण सभाका अवसरमा संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।







