खेलकुद

मेस्सीलाई पछि पार्दै नेयमार सर्वाधिक कमाउने फुटबलर

एजेन्सी – आफ्नै क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई पछि पार्दै ब्राजिली नेयमार लिग वानमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् ।

फ्रान्सको पत्रिका लेकिपले वर्षभर खेलाडीले लिने मासिक तलवका आधारमा निकालेको पछिल्लो तथ्यांकअनुसार नेयमारले यसै वर्ष बार्सिलोना छाडेर पिएसजी आएका मेस्सीलाई पछि पारेका हुन् ।

यसै समरमा फ्रि एजेन्टमा पिएसजी आएका मेस्सीको वार्षिक पारिश्रमिक ३४ मिलियन पाउन्ड रहेको छ । सन्् २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पिएसजी आएका नेयमारको वार्षिक पारिश्रमिक ४१ मिलियन पाउन्ड रहेको छ । जुन मेस्सीको भन्दा झन्डै ७ मिलियन पाउन्ड बढी हो ।

लिग वानमा सर्वाधिक कमाई गर्नेको तेस्रो स्थानमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको वार्षिक कमाई २२ मिलियन पाउन्ड मात्रै रहेको छ ।

पिएसजीकै मार्किन्हस, मार्काे भेराट्टी, अचरफ हाकिमी, केलर नाभास, एन्जल डि मारिया, जर्जिन्हो वाइनाल्डम, जियानलुइजी डोन्नररुम्मा, मोउरो इकार्डी, सर्जियो रामोस, लियान्द्रो ड्यानियल पारेडेस र जुलियन बर्नाट शीर्ष १४ मा रहेका छन् ।

मोनाकोका विसाम विन यडर, पिएसजीका एन्डर हेरेरा, प्रेसनेल किमपेम्वे, मोनाकोका सेस फाव्रिगास, पिएसजीका जुलियन ड्राक्सलर र लेविन कुर्जावा शीर्ष २० मा रहेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button