खबर

जैन समुदायले मनायो भगवान महावीरको जन्म जयन्ती

न्युज अफ नेपाल
काठमाडौं ।

जैन धर्मका प्रवर्तक तथा भगवान महावीरको २६२१औँ जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ मनाइएको छ । नेपाल जैन परिषद्को आयोजनामा यही वैशाख १ गते पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । २६२१औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा प्रभात फेरीसमेत गरिएको थियो ।

चैत्र शुक्ल त्रयोदशीको दिन मनाउँदै आएको यस जन्म जयन्तीलाई हर्षोउल्लासको साथ मनाउन हरेक वर्ष देश तथा विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जन्म जयन्ती मनाउँदै आइरहेको छ । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाई ठुलो चाडको रूपमा र अहिंसा दिवसको रूपमा मनाउने गरिन्छ ।

साढे १२ वर्ष सम्मको निरन्तर साधना गरी जनमानसमा ज्ञानको ज्योति फैलाउनु जैन धर्मका प्रवर्तक तथा भगवान महावीरले ठुलो भूमिका निभाउनु भएको बताइन्छ । यस पटकको भववान महावीर स्वामीको २६२१ औँ जन्म जयन्तीमा राजधानीमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा विदेशबाट जैन धर्मका विद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति हरेको कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो ।

नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा वैशाख १ गते शोभा यात्रा र अर्चना सभा आयोजना भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button