खेलकुद

एनफिल्डको ‘सद्भाव’ लाई रोनाल्डोको धन्यवाद

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले एनफिल्डमा समर्थकले आफुप्रति देखाएको सद्भावलाई धन्यवाद दिएका छन् ।

लिभरपुलसँग खेल्नुअघि आफ्नो जुम्ल्याहा मध्येको एक छोरा गुमाएपछि रोनाल्डो शोकमा परेका थिए । त्यसपछि एनफिल्डमा रोनाल्डोलाई लिभरपुल र युनाईटेडका समर्थकले सम्मान गरेका थिए । लिग खेलको दौरान दुवै क्लबका समर्थकले ताली बजाएर रोनाल्डोको शोकमा एक्यबद्धता जनाएका थिए ।

लिभरपुलका समर्थकले खेल सुरु भएको सात मिनेटपछि क्लबको धुन गाउँदै रोनाल्डोको जर्सी प्रर्दशन गरेका थिए । उनीहरुले भनेका थिए । ‘तिमी कहिल्यै एक्लै हिड्ने छैनौं ।’ युनाईटेड र लिभरपुलका खेलाडीले रोनाल्डो र उनको परिवारको सम्मानमा हातमा कालोपट्टी लगाएर खेलेको थिए । रोनाल्डो अनुपस्थित रहेको खेलमा युनाईटेड ४–० ले पराजित बनेको थियो ।

रोनाल्डोले एनफिल्डमा लिभरपुलका प्रशंसकले दिएको सम्मान कहिल्यै नबिर्सने बताउँदै ‘एक विश्व, एक खेल, पुरा विश्वव्यापी परिवार, धन्यवाद एनफिल्ड ।’ रोनाल्डोले भनेका छन् ।

रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिग्वेजले सोमबार आफ्नो बच्चाको मृत्युको घोषणा गर्दै कुनैपनि अभिभावकले महशुश गर्न सक्ने सबैभन्दा ठुलो पिडा हो । ३७ वर्षिया रोड्रिग्वेज जुम्ल्याहा बच्चाको पर्खाईमा थिइन् । उनीहरुकी छोरी भने सकुशल अवस्थामा छिन् । ‘हामीलाई यसले केही आशा र खुसीका साथ बाँच्न बल दिनेछ ।’ उनीहरुले भनेका छन् ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button