
मेचीनगर । नेकपा एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगरप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । एमालेले गोपालचन्द्र बुढाथोकीलाई आधिकारिक उम्मेद्वार बनाएपछि राईले बागी उम्मेद्वारी दर्ता गराएका हुन् ।
पार्टीको नगर इन्चार्जको रुपमा काम गरिरहेको छु’ राईले भने ‘मैले टिकट माग्दा हुँदैन भनेर फर्काए, त्यसैले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको छु ।’
आफूले पार्टी संगठन निर्माणमाका लागि गरेको योगदानको मूल्याकंन नभएको राईले गुनासो गरे । उम्मेद्वारी दर्ता गरेका कारण आइपर्ने सबैखाले अप्ठ्यारा सामना गर्न आफू तयार रहेको तर उम्मेद्वारी फिर्ता नलिने राईले बताए ।



