खबर

कनकाई ४ मा सुवेदीसहित एमालेको प्यानलै विजयी

झापा । आज बिहान सम्पन्न मतगणनाबाट कनकाई वडा नं. ४ को वडाध्यक्षमा रोशन सुवेदीसहित एमालेको प्यानल नै विजयी भएको छ ।

सुवेदीले वडा नं ४ मा यसअघि वडा सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । सुवेदी उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहाललाई हराउँदै बिजयी बनेका हुन् । सुवेदीले १५६८ मत प्राप्त गर्दा दाहालले १३०६ मत ल्याए। यसैगरी महिला सदस्यतर्फ एमालेकै लक्ष्मी कटुवाल १६४५, दलित महिला सदस्यमा मन्दिरा विश्वकर्मा १५५०, खुल्ला सदस्यमा मोहनप्रसाद संग्रौला १४८५ र शेषप्रसाद प्रसाईं १४०० मत ल्याउँदै विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button