मूल खबर

मेचीनगरका ७ वडामा नेकपा (एमाले)विजयी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर ४, ५, ११ र १२ नम्बर वडामा नेकपा एमाले विजयी बनेको छ ।

प्राप्त पछिल्लो निर्वाचन परिणाम अनुसार वडा नम्बर ४ मा अर्जुनकुमार कार्कीको प्यानलै विजयी बनेको हो ।

वडा नम्बर ५ मा कनक कार्की, वडा नम्बर ११ मा रुद्र डाँगी र वडा नम्बर १२ मा मधु निरौलालेको प्यालनै निर्वाचित भएका छन ।

अहिले सम्म प्राप्त जानकारी अनुसार मेचीनगरका सात वटा वडामा नेकपा एमाले विजयी बनेको छ भने नेपाली कांग्रेस र माओवादीले एक एक वडा जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button