मूल खबर

रुपन्देहीको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

न्युज अफ नेपाल
काठमाडौं ।

भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

तस्विर :प्रशान्त गुप्ता महेन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button