सृजनाको चौतारी

साहित्यकार भवानी भिक्षुको ११३ औं जन्म जयन्ती

तौलिहवास्थित भिक्षुचोकमा साहित्यकार भिक्षुको सालिकमा माल्यार्पण गरिँदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, जेठ २१ गते । कपिलबस्तुमा साहित्यकार भवानी भिक्षुको ११३ औं जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उहाँको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् । उहाँले मदन र साझा पुरस्कार जित्नुभएको थियो । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उहाँको कृत्रिहरुबारे चर्चा गरिएको थियो ।

नेपाली साहित्यमा साहित्यकार भिक्षुले अतुलनीय योगदान दिनुभएको कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । ‘भिक्षुले लेखेका कृत्तिहरु अझै पनि जीवन्त रहेका छन् । उहाँले भन्नुभयो, ‘नेपाली साहित्यमा ठूलो गुन लगाउनुभएको छ । आगत, अवान्तर, मैँया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निवन्ध, लेख आदिमा मनोदशा र मनोविज्ञानलाई प्राथमिकता दिनुहुन्थ्यो ।

कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, बरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताउनुभयो ।

पौडेललाई भवानी भिक्षु स्मृति पुरस्कार

नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तुको तौलिहवाका कवियत्रि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरिएको छ । विगत वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलबस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनुभयो ।

११ हजार १११ रुपियाँसहित यही जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button