कला

पूजाको स्पष्टिकरण : ‘आकाशसँग प्रेम छैन’

स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको फिल्म ‘पोइ पर्‍यो काले’ यही कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति दिन-प्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले यतिबेला फिल्मको प्रचार-प्रसारलाई तीव्र बनाएको छ । यसबीच, शुक्रबार चितवन पुगेर निर्माण टिमले पत्रकारसँग फिल्मको विषयमा अन्तरक्रिया गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक शिशिर राणाले ‘पोइ पर्‍यो काले’ कमेडी शैलीको सामाजिक कथावस्तुमा आधारित भएर निर्माण भएको बताए । फिल्म कमेडी जनरामा बनेको भएता पनि सामाजिक कथा प्रस्तुत गरिएको उनको भनाई छ । उनले समाजमा मानिसको बाहिरी रुप मात्र हेरिने गलत प्रवृतिमाथि फिल्म बनेको उनले बताए ।

निर्देशक राणाले फिल्मको विषयमा जानकारी दिँदै भने- ‘मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश फिल्मले बोकेको छ । मानिसको रुपभन्दा पनि मन सफा र गोरो हुनुपर्ने विषयलाई फिल्मले उठाएको छ ।’ फिल्ममा राणाकै कथा रहेको छ । त्यस्तै, अभिनेत्री पूजा शर्माले यस फिल्ममा आफ्नो भूमिका फरक रहेको बताइन् ।

‘लभस्टोरी जनराको फिल्म गरिरहेको अवस्थामा ‘पोइ पर्‍यो काले’ बाट फरक किसिमको फिल्ममा काम गर्ने अवसर पाएको छु’, उनले भनिन् । पूजाले अभिनेता आकाश श्रेष्ठसँग आफ्नो केमेस्ट्री सुहाउने भएकै कारण बजारमा प्रेमको चर्चा चलेको बताइन् । तर, आफूहरु प्रेममा नरहेको उनको दाबी छ । उनी, आकाश आफ्नो असल साथी रहेको बताउँछिन् ।

अभिनेता आकाश श्रेष्ठले भने लभस्टोरी जनराबाट कमेडी जनराको फिल्ममा काम गर्दा धेरै चुनौती महशुस गरेको बताए । उनले पहिलो पटक कमेडी जनराको फिल्ममा काम गर्दा धेरै नै मेहनत गरेको र त्यसको फल पनि राम्रो पाउने विश्वास व्यक्त गरे । फिल्ममा पूजा र आकाशसँगै सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तको पनि अभिनय छ ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । भने, दिपक मनाङे र सरोज नेपाली निर्माताको रुपमा रहेका छन् । अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी छ । यो फिल्मको दर्शकलाई व्यग्र प्रतिक्षा छ ।flimikhabaronline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button