कलाभिडियो चौतारी

‘बादशाह जुट’ गीत : ‘सुसाइड गर्छु कि क्या हो मायामा’ (भिडियो)

कात्तिक १५ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुसाइड गर्छु कि क्या हो मायामा’ बोलको गीतमा फिल्मका प्रमुख कलाकारहरु सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का, केइसा रावत फिचरिङ छन् । गीतमा चार कलाकारको प्रेम देखाइएको छ ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा कोशिस क्षेत्रीको संगीत छ । भने, रुपक डोटेल र संगीतकार क्षेत्रीले स्वर दिएका छन् । जोनी सिंह राणा निर्देशित यो फिल्मले आफूलाई बादशाह सम्झने दुई युवकको कथा वाचन गरेको छ । फिल्ममा सुशील पत्रकार र आमिर पुलिस अफिसरको भूमिकामा छन् । फिल्मको मूलकथा उनीहरुकै वरिपरि घुमेको छ ।

निर्देशक जोनी सिंहको कथालाई अभिषेक शशि कुमारले पटकथामा ढालेका छन् । फिल्ममा रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्की अथिती भूमिकामा छिन् । फिल्मको एक लोक लयको गीतमा उनले ठुम्का लगाएकी छन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् ।

राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ रहेको फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को लगानी छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा फिल्म बनेको हो । यो फिल्मलाई लिएर अभिनेता सुशील आशावादी छन् ।flimikhabaronline

गीत हेर्नुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button