खेलकुद

एरिक्सन म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – क्रिस्टियन एरिक्सन आफ्नो खेल जीवनलाई फेरि एक पटक प्रमाणित गर्न चाहिरहेका छन् । त्यहि लक्ष्य पुरा गर्नका लागि उनले म्यानचेस्टर युनाइटेडसँग औपचारिक रुपमै ३ वर्षको सम्झौता गरेका छन् ।

एक वर्ष अघिको मात्र प्रसंग हो उनी जीवन मरणको दोसाँधमा पुगेका थिए । युरो २०२० को उद्घाटन खेलमा डेनमार्क र फिनल्याण्ड खेलिरहँदा उनी अचेत भएर मैदानमा ढलेका थिए । त्यसपछि उनी लामो समय मैदान बाहिर रहेका थिए ।

‘मैले श्रीमतीलाई सन्यास लिने बताएको थिएँ,’ उनले पुराना दिन स्मरण गर्दै भने,’ तर मैले यदि मेरो विचार बदलें भने त्यसमा आश्चार्य नहुनु पनि भनेको थिएँ ।’

आयाक्स र टोटेनहमका पूर्व मिडफिल्डर इरिक्सनले उपचारका क्रममा राखिएको उपकरणका कारण सिरि ए भने नखेल्ने भए । त्यसैको परिणाम स्वरुप इरिक्सन र इन्टर सम्झौता तोड्न तयार भए । त्यसले फेरि उनलाई एक पटक प्रिमियर फर्कन मद्दत गर्यो ।

अचेत भएर मैदानमा ढलेको आठ महिनापछि उनी प्रिमियर लिगमा फर्कने क्रममा ब्रेनफोडमा आबद्ध भए । जहाँ ११ खेल खेल्ने क्रममा उनले एक गोल र ४ एसिस्ट गरेका थिए । उनी अझै माथिल्लो स्तरमा खेल्न सक्ने प्रमाणित भएसँगै अहिले युनाइटेडमा आबद्ध भएका छन् ।

‘युनाइटेड विशेष क्लब हो । सुरुवातका लागि म प्रतीक्षा गर्न सक्दिन,’ एरिक्सनले भने, ‘धेरै पटक ओल्डट्राफडमा खेलेको छु त्यसमा गर्व छ । युनाइटेडको जर्सीमा खेल्ने साच्चै अद्भुत अनुभव हुनेछ ।’

युरोपका उत्कृष्ट मध्येका एक

‘क्रिस्टियन युरोपका उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन् ,’ युनाइटेडका खेलकुद निर्देशक जोन मोर्टगले भने, ‘उनीसँग धेरै विकल्प थिए । युनाइटेड उनका लागि सहि क्लब हो भन्ने सम्झाउन सकेकोमा हामी खुसी छौं ।’

मोर्टगले उनको प्राविधिक क्षमताको पनि तारिफ गरेका छन् । ‘उनको अनुभवले टोलीलाई फाइदा पुग्नेछ । उनीसँग नेतृत्व गर्ने क्षमता छ,’ उनले भने, ‘त्यसको फाइदा क्लबलाई पुग्नेमा हामी विश्वस्त छौं ।’हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button