खबर

मेचीनगरले सार्वजनिक ग¥यो बजेट पुस्तिका

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाले आज बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

नगरप्रमुख गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले आज नगर कार्यपालिकाको बैठकमा पुस्तिका सार्वजनिक गरेका हुन् ।

असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९÷०८० को बजेट असार २३ गते बसेको दोस्रो बैठकले संशोधनसहित अनुमोदन गरेको थियो ।

बजेट पास भएको २४ दिनपछि नगरपालिकाले पुस्तिका छपाएर सार्वजनिक गरेको हो । सो अवसरमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नगरपालिकाले आव २०७९÷०८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसा बराबरको बजेट अनुमोदन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button