मूल खबर

मेचीनगर ८ नम्बर वडालाई बुझायो काँग्रेसले ज्ञापन पत्र

कार्यवाहक वडा अध्यक्ष पाठकलाई ज्ञापन पत्र बुझाउँदै काँग्रेस जिल्ला सदस्य पुष्पराज पौडेल, वडा संयोजक गिरिराज धमला लागयत अन्य काँग्रेसका वडास्तरिय नेता कार्यकर्ता ।
इटाभट्टा, कार्तिक ४ ।।
मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिहरुले आम वडाबासीको हितमा काम गर्न नसकेको भन्दै नेपाली काँग्रेस मेचीनगर ८ ले वडा कार्यालयमा आज ज्ञापन पत्र बुझाएको छ ।

आज बिहान पुण्य चोक स्थीत वडा कार्यालयमा नै पुगेर काँग्रेस वडा समितिको अगुवाईमा ज्ञापन पत्र बुझाइएको नेपाली काँग्रेस मेचीनगर ८ का वडा संयोजक गिरिराज धमलाले जानकारी दिनु भयो ।

वडाका जनप्रतिनिधिहरुले वडाबासी बिकासको काममा ढिलासुस्ती गरेको, वडामा बिकास निर्माण लगायतको कार्य गर्दा राजनितिक आस्थाका आधारमा बिभेद गरेको, भारतियलाई नेपाली नागरिकता दिन गलत प्रक्रियाबाट सिफारिस गरेको र वडामा सेवा ग्राहीहरु प्रति जनप्रतिनिधि र कर्मचारीहरुले रुखो ब्यवहार गरेको प्रति तत्काल वडाले जवाफ दिनु पर्ने भन्दै काँग्रेसले ४ बुंदे ज्ञापन पत्र मेचीनगर ८ का कार्यबाहक वडा अध्यक्ष गंगा पाठकलाई बुझाएको छ ।

नेपाली काँग्रेसका जिल्ला सदस्य पुष्पराज पौडेलको अगुवाइमा वडा संयोजक धमला सहित अन्य वडा स्तरिय नेताहरु समेत सम्मिलित प्रतिनिधि मण्डलले वडा कार्यालयमा नै पुगेर ज्ञापन पत्र बुझाइएको काँग्रेस मेचीनगर ८ ले जनाएको छ ।
वडामा ज्ञापन पत्र बुझाउन अघि कार्यवाहक वडा अध्यक्ष पाठक र वडा सदस्य खिला मेचेलाई काँग्रेस वडा संयोजक धमलाले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो ।

वडा अध्यक्ष बिकेन्द्र धिमाल अस्वस्थ हुनु भएकाले कार्यबाहक अध्यक्ष पाठकले काँग्रेसको ज्ञापन पत्र बुझ्दै भारतियलाई नागरिकता सिफारिस गरिएको बिषय आफुलाई जानकारी नभएको र अन्य बिषयहरुमा आगामी दिनमा नेपाली काँग्रेसका स्थानीय नेतृत्वसंग छलफल गरेर नै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।रेडियो साथी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button