स्वास्थ्य

डेंगु संक्रमितमा ‘पखाला’ पनि बढ्दो?

डा शेरबहादुर पुन
सामान्यत भाइरल संक्रमितमा ‘पखाला’ नहुने भन्ने होइन। डेंगु संक्रमितमा पनि कहिलेकाँही वा कसैकसैलाई ‘पखाला’ हुने गर्दछ। ‘पखाला’ धेरैमा देखिने लक्षणहरु अन्तर्गतमा भने पर्दैन। तर हाल ‘पखाला’ अर्थात् ‘पातलो दिसा’ लाग्ने गरेको अनुभव विगतमा भन्दा बढी डेंगु संक्रमितले सुनाउने गरेका छन्। लेखकले झन्डै ३० देखि ४० प्रतिशतसम्म डेंगु संक्रमितमा ‘पखाला’ वा ‘पातलो दिसा’ पनि हुने गरेको पाइएको छ।

हाल डेंगु संक्रमितमा देखिँदै आइरहेका ६ मुख्य/प्रमुख लक्षणहरु निम्न छन्:
१) उच्च ज्वरो आउनु।
२) टाउको र शरीरका जोर्नी/मांशपेशिकामा अत्यधिक पिडा हुनु।
३) आखाको गेडी खस्ला जस्तो हुनु/दुख्नु।
४) वाक-वाक वा बान्ता हुनु।
५) पखाला वा पातलो दिसा लाग्नु।
६) खाना हेरनै मन नलाग्नु।

यी माथि उल्लेखित लक्षणहरु देखिए डेंगु संक्रमण हुनसक्दछ। समानतय डेंगु संक्रमितले घरमै चिकित्सकको परामर्शमा स्वास्थ लाभ पनि गर्न सक्नु हुन्छ तर ‘चेतावनीमुलक’ लक्षणहरु देखिए भने तुरुन्त अस्पताल जानु पर्दछ। (यी पाँच ‘चेतावनीमुलक’ लक्षणहरु देखिए डेंगु संक्रमण जटिलता तर्फ जाँदै गरेको संकेत)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button