खबर

झापाको धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङ्गको स्नातक पढाइ हुने

काँकरभिट्टा । झापाको धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङ्गको स्नातक तहको पढाइ यसै वर्षबाट सुरु हुने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक समूहको भाद्र ३० गतेको निर्णयबाट धुलाबारी क्याम्पसलाई सम्बन्ध दिने निर्ण भएको धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौंडेलले चौतारी पोष्ट अनलाइनलाई बताए ।
कक्षा ११र१२ मा विज्ञान विषय लिएर कम्तिमा सि प्लस ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु भर्ना हुन सक्ने क्याम्पस प्रमुख पौडेलले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन विभागबाट केही दिन भित्र सम्बन्धन सम्बन्धि पत्र प्राप्त भएपछि भर्ना खुलाइने प्रमुख पौडेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button