कृषि र किसान

खस्कन थाल्यो अलैँचीको निर्यात

काठमाडौं
नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने अलैँचीको निर्यात पछिल्ला वर्षहरूमा भने खस्कन थालेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/०७२ मा ३२.४८ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना साउनमा पनि ३५.८९ प्रतिशतले गिरावट आएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । ‘कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यात घटिरहेको छ, केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भने, गत आर्थिक वर्षमा साढे ३१ प्रतिशतले घटेको अलैँचीको निकासी चालू आवको पहिलो महिनामा पनि सुधार हुन सकेन । यो आवको पहिलो महिनामै निकासीमा ३५.८९ प्रतिशतले ह्रास आएको छ । केन्द्रका अनुसार अघिल्लो साउनमा ३५ करोड ६५ लाख रुपैयाँको निकासी रहेकोमा चालू आवको साउनमा भने यो निकासी २२ करोड ८५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। परिमाणका हिसाबले अलैँची निकासी झनै घटेको देखिन्छ।  कारोबार दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button