
धुलाबारी । झापाको धुलाबारी क्याम्पसमा यसै वर्षदेखि इन्जिनियरिङ विषयको स्नातक तहको पठनपाठन हुने भएको छ ।
धुलाबारी क्याम्पसले आज पत्रकार सम्मेलन आयोजना गरी बीई कक्षाको पठनपाठन हुने विषयमा जानकारी दिएको हो।
पूर्वाञ्चल विश्वविद्यालयबाट बीई कक्षा सञ्चालनको अनुमति प्राप्त भएको र यही वर्षदेखि कक्षाहरु सुरु हुने क्याम्पसका प्रमुख पुष्प पौडेलले बताए ।

क्याम्पसमा बीई कक्षा सञ्चालनका लागि ल्याब, पुस्तकालय लगायतका पूर्वाधार तयार भइसकेको र पढाउनका लागि उत्कृष्ट जनशक्ति उपलब्ध रहेको क्याम्पसका इन्जिनियरिङ विभागका संयोजक रुद्र मैनालीले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल विषयको स्नातक कक्षा पढाई हुन लागेको हो ।



