मूल खबर

झापा क्षेत्र नं १ बाट एमाले नेता खरेलको उम्मेद्वारी करिब पक्का भयो

मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि सभाका उम्मेद्वारको विषयमा चर्चामा रहेको झापा क्षेत्र नं १ का बारेमा नेकपा(एमाले)करिब टुङ्गोमा पुगेको छ ।एमाले उच्चस्रोतले चौतारी पोष्ट अनलाइनलाई दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि झापाको क्षेत्र नं १बाट एमाले नेता अग्नि खरेलको उम्मेद्वारी करिब पक्का भएको बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार झापा १ मा एमालेले स्थायी कमिटि सदस्य समेत रहेका पूर्व मन्त्री खरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

झापा १ पार्टी क्षेत्रीय कमिटिबाट प्रतिनिधि सभामा उम्मेद्वारका रुपमा सर्वसम्मत सिफारिस भएका रबिन कोईरालालाई प्रदेश सभाको उम्मेद्वार बन्नका लागि अनुरोध गरिएको समेत स्रोतले बताएको छ ।तर, कोईरालाले भने प्रदेशसभा उम्मेद्वारका ईच्छा नदेखाएको पनि स्रोतले बताएको छ । कोईरालाले उम्मेद्वार हुन नमाने यस अघिका प्रदेश सांसद श्रीप्रसाद मैनाली नै एमालेका तर्फबाट झापा १ क मा उम्मेद्वार हुने सम्भावना रहेको स्रोतको दाबी छ । झापा क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि स्थानीय पार्टी कमिटीबाट सर्व सम्मत भएका रबिन कोईरालाको क्षेत्रमा नेता खरेलको उम्मेद्वारी आउनुले झापा एमाले पार्टी पंक्ति भित्रै यो विषय चर्चाको शिखर जस्तै भएको छ । कतिपय कार्यकर्ताहरु यसलाई स्वभाविक मान्नु पर्ने बताउदै आएकाछन् भने कतिले एमाले भित्रको ‘इगो’ पनि हुन सक्ने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button