विचार

घनश्याम र घनश्यामहरु !


नेपालको कम्युनिष्ट आन्दोलनमा घनश्यामहरुको आफ्नै संघर्षको इतिहाँस छ । कम्युनिष्ट एकताका लागि उनीहरुले समयसयमा गरेको मिहिन मिहेनतलाई कसैले पनि होईन भन्न पनि सकिदैन ।विचार, सिद्धान्त, मुल्य मान्यता र आदर्शमा कम्युनिष्ट बचेको हुन्छ र त्यसलाई बचाउनु पर्छ भन्ने उनीहरुको जोडबललाई नकार्न पनि मिल्दैन । एकतामा बल हुन्छ भन्ने उनीहरुको सत्य तर्कलाई स्विकार गर्न पनि सकिन्छ ।तर, समयक्रममा उनै घनश्यामहरु आन्दोलनको मोर्चाबाट वाक्क भएर बाहिर बस्न बाध्य हुन्छन् कति विडम्बना छ! समाज, जिवन र जगतलाई मसिनो गरि केलाउन जान्ने घनश्यामहरु हम्मेसी गल्न र थाक्न मान्दैनन् तर समय यति निर्ममताका साथ उनीहरु माथि जाईलाग्छ कि घनश्यामहरु हात उठाउन बाध्य हुन्छन कति धेरै पीडा बन्छ समय! नेपालको बाम आन्दोलनमा पछिल्लो पुस्तामा एउटा विचार प्रवाह गर्न सक्ने मान्छेको रुपमा रहेका घनश्याम भुसालले लामो समयदेखि गोडमेल गर्दै हुर्काउँदै गरेको पार्टीबाट हात उठाएँ भन्नु त्यो पार्टीका लागि मात्र होइन समग्र बाम आन्दोलनको यात्राका लागि आफैमा दुःखद पक्ष हो ।तर, विचार, मुल्य मान्यता र आदर्शबाट दुर हुदै गएका नेपालका कम्युनिष्ट पार्टीका नेतृत्वका लागि यो कुनै ‘पैँचौ’ तिरेको हुन सक्छ तर भुसालले विचारको उर्जाले सिंचन गरेको त्यो पार्टीका लागि यो कुनै दिन महङ्गो पनि हुन सक्छ ।घनश्यामहरु हुदाको पार्टी र घनश्यामहरु आज नहुदाको पार्टीमा सतही व्याख्याका आधारमा व्यक्ति गणनाका हिसाबमा यो केही पनि नहोला तर वैचारिक रित्तो पनलाई पनि कतै त्यहाँ महशुष गर्ने गरिन्छ भने यो एकप्रकारको सुनसान पनि हुन सक्छ ।कम्युनिष्टहरु आफुलाई विचार र सिद्धान्त र दर्शन सहितको पार्टी भन्ने गर्छन् तर जहाँ वैचारिक वहसको मियो नै रहदैन भने त्यो पार्टी कति कम्युनिष्ट बन्छ यो पनि एउटा प्रश्न हुन सक्छ होला ।व्यक्तिगत रुपमा मलाई घनश्याम र घनश्यामले छााडेको पार्टीमा लिनुदिनु केही पनि छैन ।तर, कुनै पनि पार्टीमा वैचारिक वहसको पक्ष कतै हुदैन भने त्यो पार्टी कुन प्रकारको राजनीतिक दल बन्न पुग्छ यो भने सोचनीय विषय बन्न पुग्छ ।यदि घनश्याम र घनश्यामहरु यसरी आफ्ना पार्टीबाट हात उठाउँदै पाखा लाग्न थाले भने भोलीका दिनमा राजनीतिकदल भित्रको अन्तर वहस भन्ने विषय पनि हराउन सक्छ जसरी घनश्याम र घनश्यामहरु आजका दिनमा सुस्तरी पाखा लागेर पर गए जस्तै गरि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button