
गजल
न, कसैको दया ,न मायाँ अधिकार चाहिन्छ,
परिश्रम गरी जिवन धान्ने आधार चाहिन्छ।
धन छभने विदेशमा होइन लगाउ यो देशमै,
देशमा राष्ट्रिय देशभक्तको व्यापार चाहिन्छ।
ए, नेताहो न नबनाउ आफ्नै देशलाई रणभूमी,
अखण्ड राख्नलाई आपसमा प्यार चाहिन्छ।
छाड यो जुँगे लडाई कहिल्य सकिदैन साथी,
देशलाई चिनाउन त राम्रो समाचार चाहिन्छ।
शन्तान फुटेर कसैको भलो हुदैन जानिराखौं,
देशलाई सधैभरी देशभक्त बफादार चाहिन्छ।


