
गजल
पौरख गरौँ त बदलिन्छ दक्दिर आउँने दिनमा,
शंघर्ष गर निदारमै हुनेछ अबिर आउँने दिनमा।
अरूले खायो भनी जल्नु समझ्दारी होइन प्यारे,
उठा औजार फोर भत्किन्छ भिर आउँने दिनमा।
वीरहरूको रगत छ नसा नसामा झुक्नु हुंदैहुँदैन,
तिम्रै पाउँमा हुँनेछ दुश्मनको सिर आउँने दिनमा।
बहादुर देखून डराउँ छ दुनिया लडाकु हुँन भनी,
फर्किन्छ बन्दुकको बद्लामा तिर आउँने दिनमा।
अखण्ड हुन्छ हिमाल पहाड मधेश झण्डा एउटै,
मिलेर बसौँ नमानौँ सन्तानले पिर आउँने दिनमा।


