खेलकुद

कप्तान बनेपछि ज्ञानेन्द्रलाई पारसको बधाई

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकामा ज्ञानेन्द्र मल्ललाई निर्वतमान कप्तान पारस खड्काले बधाई दिएका छन् ।

पारसले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारसको राजिनामा स्वीकृति गर्दै बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी तोकेको थियो ।

गत महिना आफुले राजिनामाको घोषणा गरेदेखि नै पारसले ज्ञानेन्द्र नयाँ कप्तानको सबैभन्दा बलियो हकदार बताएका थिए । सन् २००९ मा पारस कप्तान भएदेखि नै ज्ञानेन्द्र टोलीको उपकप्तान रहेका थिए । सुरुमा फेसबुकमार्फत राजिनामाको घोषणा गरेका पारसले केहि दिन अघि क्यानलाई लिखित रुपमा पत्र बुझाएका थिए ।

पारसले फेसबुकमा लेखका छन्, ‘सबैभन्दा बलियो हकदार ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ । जसले अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्नेछ । यो समय नेपाली क्रिकेटको सुखद भविष्यका लागि सबैले साथ दिनुपर्दछ र अझ उन्नतिको पथमा अगाडि बढ्नुपर्छ ।’(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button