खेलकुद

हङकङलाई हराउँदै ओमान टी ट्वान्टी विश्वकपमा

एजेन्सी – ओमान आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । बुधवार राती चौथो प्ले अफमा हङकङलाई १२ रनले हराउँदै दोस्रो पटक टि ट्वान्टी विश्वकप छनोटमा पुगेको हो । यसअघि ओमान सन् २०१६ मा टि ट्वान्टी विश्वकप खेलेको थियो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन मात्र बनाउन सक्यो । हङकङका विकेटकीपर स्कर्ट म्याक्केचनिले ४६ बलमा ५ चौका सहित ४४ र हारुन अशरदले २० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओमानलाई विश्वकपमा पुर्याउन बिलाल खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । फयाज बट र खवर अलीले समान २ तथा मोहम्मद नदीमले १ विकेट हात पारे ।

त्यस अघि टस जितेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । ओमानका जतिन्दर सिंहले ५० बलमा ७ चौका सहित १ छक्का सहित ६७ रन जोडे । अमिर कलिम १७ नशिम खुशीले २६ रनको योगदान दिए । हङहङका नर्शुल्ला रानाले २ विकेट लिए ।

योसँगै आगमी वर्ष अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट पुरा भएको छ । १४ टोली सहभागि प्रतियोगितामा समुह ए बाट पप्पुवा न्युगिनी सोझै विश्वकपमा पुगेको थियो । त्यस्तै समुह बी बाट आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको थियो ।

प्लेअफबाट नेदरल्यान्ड,नामिबिया,ओमान र स्कटल्यान्ड विश्वकपमा पुगेका छन् । प्ले अफबाट यूएई र हङकङ प्ले अफबाट बाहिरिए । समुह ए बाट केन्या,सिंगापुर बर्मुडा बाहिरिदा बी बाट क्यानडा,जर्सी र नाइजेरिया बाहिरिएका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button